काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदीअरब पठाइने भएको छ ।
गत अप्रिल अन्त्यतिर भारतमा कोरोना बढेसँगै महामारी छल्न लाखौंको संख्यामा भारतीय नागरिकहरु नेपाल आएका थिए । नेपालमा वैशाख १६ गतेबाट लकडाउन शुरु भएसँगै साउदी लगायतका मुलुकले नेपाली उडान समेत प्रतिबन्ध लगाएका थिए । उडानमा प्रतिबन्ध आएसँगै उनीहरु प्रभावित भएका हुन् ।
त्यसयता निरन्तररुपमा भारतीय र नेपाल सरकारसँग समन्वय गरेका उनीहरु मध्ये हाललाई १० जहाज भारतीय नागरिकलाई उडान अनुमति दिने निर्णय साउदी सरकारले गरेको बताइएको छ ।
सोही अनुरुप त्रिभुवन विमानस्थबाट आज एकै दिन पाँच वटा जहाज काठमाडौंबाट साउदी अरेवियाका लागि उड्दैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् ।
यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई तीन र नेपाल एयरलाइन्सलाई सात उडानको अनुमति दिएको हो । नेपाल एयरलाइन्सले थप उडान १९, २०, २१ २२ र २३ तारीखमा गर्ने गरि तालिका बनाएको छ ।