नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

२०७८, जेठ ४ मंगलवार

  • 1.2K
    SHARES

  • नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

    काठमाडौं । नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । जुन भाईरस भारतमा तिब्र गतिमा फैलिरहेको छ । स्वास्थ्यविदका अनुसार यो भाइरस जोखिमपूर्ण र सबै उमेर समूहलाई संक्रामक गर्नसक्ने भाइरसको रुपमा रहेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।

    मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।

    हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’

    बी.१.६१७ भेरियन्टभित्र पनि तीनओटो सिक्वेन्स देखिएको छ, जसलाई बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ नाम दिइएको छ ।

    पहिलो र दोस्रो सिक्वेन्सधेरै संक्रामक देखिएको छ भने तेस्रो सिक्वेन्स निकै कम मात्र पाइएको छ । संक्रामक देखिएका दुईमध्ये पनि बी.१.६१७.२ सबैभन्दा धेरैमा देखिएको छ ।

    corona variant.jpg

    २०७८, जेठ ४ मंगलवार०९:४०:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार