नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड

२०७८, जेठ ५ बुधवार

  • 1.5K
    SHARES

  • नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड

    काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । मध्यान्ह सम्म हरियो देखिएको नेप्से तत्पश्चात घट्दै गएर रातोमा बन्द भएको हो । 

    साताको आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से आजभने घटेको हो । तिन दिन बढ्दा नयाँ नयाँ रेकर्ड कायम गर्दै बढेको नेप्सेले घट्दा पनि नयाँ रेकर्ड कायम गरेको छ । 

    मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

    बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । 

    आजको बजारमा धेरै गुमाउनेमा हाइड्रोपावर कम्पनीहरु देखिएका छन् ।

    २०७८, जेठ ५ बुधवार०४:२०:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार