नेकपा प्रवक्ता श्रेष्ठको व्यावसायिक विवाद झाँगिदै, राजीनामा दिन सक्ने आँकलन

नेकपा प्रवक्ता श्रेष्ठको व्यावसायिक विवाद झाँगिदै, राजीनामा दिन सक्ने आँकलन

२०७७, मंसिर २७ शनिवार

  • 6.1K
    SHARES

  • नेकपा प्रवक्ता श्रेष्ठको व्यावसायिक विवाद झाँगिदै, राजीनामा दिन सक्ने आँकलन

    मंसिर २७, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठको व्यावसायिक विवादले उग्ररुप लिएको छ ।

    आफ्नै पार्टीका नेता तथा केन्द्रीय सदस्य कमान सिंह लामाको दुई करोड पचास लाख रुपैयाँ नतिरेको विषयमा श्रेष्ठ विवादित भएका हुन् । 

    यध्यपि विवादमा पार्ने अडियो भिडियो प्रमाण छाड्ने लामाको भने निधन भइसकेको छ । श्रेष्ठले लामा सँग गरेको वार्तालापका अडियो भिडियो क्लिपहरु सामाजिक संजालमा छ्याप्छ्याप्ति छन् ।

    नेकपामा सादगी, इमान्दार र प्रष्ट बोल्ने नेताका रुपमा आफ्नो छवि बनाएका श्रेष्ठ गम्भिर दुईवटा मुद्धामा मुछिएका छन् ।

    कमानसिंहले छोडेर गएको लिखित तथा अडियो भिडियो प्रमाणमा अर्काको सम्पति खाएको र श्रीमती समेत पराया बनाएको जस्ता गम्भिर मुद्धामा श्रेष्ठ मुछिएका हुन् ।   

    यता, श्रेष्ठले कोभिड-१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्।

    प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए।

    ‘मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन । त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन ।

    उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, ‘उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ । मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन ।’

    आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए।

    तर श्रेष्ठले सामाजिक संजाल तथा भिडियोमा आएका कुरा झुट्टा भनिरहँदा लामाकी छोरी रुँदै सो विषयमा बोलेको कुराले नारायणकाजीको संलग्नता थप पुष्टि गर्दछ । 

    यस विषयमा गम्भिर विवाद बढ्दै गएकाले श्रेष्ठले नेकपा सचिवालय सदस्य तथा प्रवक्ताबाट राजिनामा दिन सक्ने आँकलन गरिएको छ । 

    २०७७, मंसिर २७ शनिवार०८:४४:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार