एमाले कार्यदल बैठक स्थगित

एमाले कार्यदल बैठक स्थगित

२०७८, जेठ ६ बिहिवार

  • 5.3K
    SHARES

  • एमाले कार्यदल बैठक स्थगित

    काठमाडौं । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । 

    कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिए ।एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेका थिए ।  

    मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान गरेको थियो । 

    कार्यदलमा विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्णराज विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र पन्त रहेका छन् । 

    २०७८, जेठ ६ बिहिवार०७:३६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार