काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन मन नलागे राजिनामा दिनु पर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।
संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले विश्वासको मत नलिई वैकल्पिक सरकारको गठनका लागि राष्ट्रपतिलाई सिफारिस गर्न नमिल्ने थापाले जिकिर गरेका हुन् ।
भोलि जेठ ७ गते बेलुका ५ बजे सम्म बैकल्पिक सरकार गठनका लागि समय दिइएकामा गनगन गर्न छाडेर समय अगावै ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं, थापाले भनेका छन् ।
विहिवार साँझ सामाजिक संजालमा थापाले लेखेका छन्,"विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं।
सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।"