१४९ सांसदको हस्ताक्षर सहित देउवाको प्रधानमन्त्रीमा दावी, पुगे शितलनिवास 

१४९ सांसदको हस्ताक्षर सहित देउवाको प्रधानमन्त्रीमा दावी, पुगे शितलनिवास 

२०७८, जेठ ७ शुक्रवार

  • 1.7K
    SHARES

  • १४९ सांसदको हस्ताक्षर सहित देउवाको प्रधानमन्त्रीमा दावी, पुगे शितलनिवास 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैकल्पिक सरकारका लागि दावी गर्नेभएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् ।

    आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ ।

    कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित०, माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको अन्तिम घण्टा अगावै अहिले देउवा शितल निवास पुगेका छन् । 

    २०७८, जेठ ७ शुक्रवार०३:५६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार