काठमाडौं । वैकल्पिक सरकारका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दावी गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता र्मा ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेका थिए । उनले गठबन्धनका नेतासँगै गएर प्रधानमन्त्रीमा दावी गरेका थिए ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी बाबुराम-उपेन्द्रको समूह रहेको छ ।