काठमाडौं । प्रभावशाली एमाले युवा नेता एवं पुर्व पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो नाम दुरुपयोग गरिएकामा आपत्ति जनाएका छन् ।
समूहका नेता माधव कुमार नेपालले आफुखुशी उनको नाम गलत प्रयोजनका लागि उपयोग भएको भन्दै आपत्ति जनाए पछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।
नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए ।
त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमाले स्रोतले बतायो ।
'यस घटनाले हालसम्म कुनै विवादमा नपरेका योगेश जस्ता नेताका भरमा समूह हाँकेका माधव कुमार नेपाललाई भने ठुलै चोट पुग्ने आँकलन गरिएको छ,' एमाले कार्यकर्ता रमेश ढकाल बताउँछन् ।