राष्ट्रपतिले कानुनी परामर्श गरेर मात्र निर्णय दिने 

राष्ट्रपतिले कानुनी परामर्श गरेर मात्र निर्णय दिने 

२०७८, जेठ ७ शुक्रवार

  • 1.8K
    SHARES

  • राष्ट्रपतिले कानुनी परामर्श गरेर मात्र निर्णय दिने 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताउनु भएको छ । 

    राष्ट्रपतिले दिएको समयसिमा अगावै विपक्षी दलहरुले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेका थिए ।

    त्यसै गरि वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पनि एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगेका थिए ।

    ओलीले प्रधानमन्त्रीमा दावी गरे लगत्तै कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्रीमा दाबी सहितको हस्ताक्षर पेश गरेका थिए, स्रोत बताउँछ । 

    दुवै पक्षका दावी पेश भए पछि कानुनी पक्षहरु हेरेर सरसल्लाहका साथ निर्णय दिने राष्ट्रपतिको भनाई पछि नेताहरु शितलनिवासबाट बाहिरिएको बताइएको छ ।

    धारा ७६(५) अनुसार सरकार गठन हुँदा सांसदलाई दलको ह्विप लाग्दैन संविधानविद टिकाराम भट्टराईले भनेका छन् । त्यस्तै अन्य व्याख्या पनि हुनसक्ने देखिन्छ । 

    २०७८, जेठ ७ शुक्रवार०५:३१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार