संसद विघटन प्रतिगमन भाग २ - वरिष्ठ नेता माधव नेपाल

संसद विघटन प्रतिगमन भाग २ - वरिष्ठ नेता माधव नेपाल

२०७८, जेठ ८ शनिवार

  • 1.8K
    SHARES

  • संसद विघटन प्रतिगमन भाग २ - वरिष्ठ नेता माधव नेपाल

    काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शितल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको आरोप लगाएका छन् । 

    'षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण गरिँदै प्रतिगमन दोहोरिएको छ', नेता नेपालले भनेका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका दावेदार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दावीलाई नकार्दै संसद विघटन गर्ने निर्णय गर्नुभएको थियो । प्रधानमन्त्रीको दावीमा नेता नेपालको साथ कांग्रेस सभापति देउवालाई थियो ।

    यद्यपि शुक्रवार दिउँसो सम्म शेर बहादुर देउवाको दावी बलियो हुने आँकलन संविधानविदहरुले पनि गरिरहेका थिए । साँझ नपर्दै माधव नेपाल लगाएत एमाले नेतालाई कारवाही गरिने पत्र शितल निवास पुगेपछि राष्ट्रपतिको फैसलाले नयाँ मोड लियो । 

    राष्ट्रपतिको सोहि कदमलाई लिएर नेता नेपालले सामाजिक संजालमा लेखेका छन्, "षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !"

    २०७८, जेठ ८ शनिवार१०:०५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार