विपक्षी गठबन्धन बैठक बस्दै गर्दा ओलीले पनि बोलाए स्थायी कमिटी बैठक

विपक्षी गठबन्धन बैठक बस्दै गर्दा ओलीले पनि बोलाए स्थायी कमिटी बैठक

२०७८, जेठ ८ शनिवार

  • 2.0K
    SHARES

  • विपक्षी गठबन्धन बैठक बस्दै गर्दा ओलीले पनि बोलाए स्थायी कमिटी बैठक

    काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विपक्षी दलहरु छलफलमा एकिकृत रणनीति बनाउन जुटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी स्थायी कमिटी त्रैठक बोलाएका छन् ।

    हाल गठबन्धनको बैठक संसद भवनमा बसिरहेको छ भने एमाले स्थायी कमिटी बैठक साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

    एमाले बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गर्नुभएको छ ।

    नेकपाकै माधव समूह भने विपक्षी गठबन्धनमा सामेल छ । 

    २०७८, जेठ ८ शनिवार११:५४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार