कोरोनाका कारण बाराही जात्रा स्थगन

कोरोनाका कारण बाराही जात्रा स्थगन

२०७८, जेठ ८ शनिवार

  • 1.8K
    SHARES

  • कोरोनाका कारण बाराही जात्रा स्थगन

    टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ ।

    अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

    नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकाले यस वर्ष यही जेठ १५ देखि १७ गतेसम्म हुने जात्रा रोकिएको बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

    थाहा–६ बज्रबाराहीमा बसेको गुठी व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण यस वर्ष जात्रा हुन नसक्ने भएकाले नित्य पूजाको कार्यक्रम मात्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

    नगरपालिकामा कोरोना सङ्क्रमण दर बढिरहेको र निषेधाज्ञासमेत जारी रहेकाले नगर कार्यपालिकाले जात्रा स्थगन गर्न आग्रह गर्दै आएको थियो । 

    २०७८, जेठ ८ शनिवार१२:४५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार