काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया शुरु गरेको हो ।
शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन ।
उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिने समय तय गरिएको छ ।
लिखित स्पष्टीकरण सोधिएका एमाले सांसदहरु :
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. सरला यादव
७. पुष्पाकुमारी कर्ण
८. कलिला खान
९. निरादेवी जैरु
१०. लक्ष्मी कुमारी चौधरी
११. कल्याणी खड्का