गृह मन्त्रालयको कडा निर्देशन ,कसैलाई घर बाहिर निस्कन नदिनु

गृह मन्त्रालयको कडा निर्देशन ,कसैलाई घर बाहिर निस्कन नदिनु

२०७८, जेठ ८ शनिवार

  • 1.9K
    SHARES

  • गृह मन्त्रालयको कडा निर्देशन ,कसैलाई घर बाहिर निस्कन नदिनु

    काठमाण्डौ । नेपाल   सरकार गृह मन्त्रालयले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा भएको छलफलमा  गृह सचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

    यसका साथै सचिवको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ ।

    २०७८, जेठ ८ शनिवार०८:२७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार