पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि

पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि

२०७८, जेठ ९ आइतवार

  • 2.0K
    SHARES

  • पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि

    इस्लामाबाद । पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ ।

    मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका पाकिस्तानीहरूलाई सरकारले शुक्रबार त्रैमासिक समायोजनमा विद्युत् शुल्क बढाउने निर्णय गरेपछि थप मारमा परेका हुन् ।

    एक निजी टिभी च्यानललाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले रिपोर्ट गरेको छ, “मन्त्रिपरिषद्ले उर्जामन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत् कार्यान्वयनमा लान अह्वान गरिसकेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रति इकाई ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो । 

    आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले समायोजनको हिसाबले प्रति इकाई ९० पैसाको वृद्धिलाई अनुमोदन गर्यो । विद्युत शुल्कमा गरिएको पछिल्लो वृद्धि २०२१ अक्टोबरदेखि लागू गरिने न्युज इन्टरनेसनलले जनाएको छ ।

    यो उल्लेखनीय छ कि मार्च २०२१ को सुरुमा राष्ट्रिय इलेक्ट्रिक उर्जा नियामक प्राधिकरण (नेप्रा) ले विद्युत दरमा प्रति यूनिट ८९ पैसा बढाउने सूचना गरेको थियो । विवरण अनुसार, महशुल दरहरुमा बढाइएको शुल्कका कारण प्राधिकरणलाई ६.९ अर्ब पाकिस्तानी रूपैयाँ बराबरको अतिरिक्त राजस्श्व प्राप्त हुनेछ । 

    केन्द्रीय विद्युत् खरीदगर्ने संस्था ९सीसीपीए० मा शक्ति बृद्धि गर्नका लागि प्राधिकरणले फेब्रुअरी २५ मा सार्वजनिक सुनुवाइ गरेको थियो । एजेन्सी । 

    २०७८, जेठ ९ आइतवार०६:४८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार