राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

२०७८, जेठ ९ आइतवार

  • 1.1K
    SHARES

  • राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको जानकारी दिए ।

    उनले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको बताए ।

    २०७८, जेठ ९ आइतवार०६:५६:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार