गठबन्धनका सांसद जुट्न ढिलाई भएपछि रिट भोलिमात्र, माधव पक्षका १८ सांसद बानेश्वरमा 

गठबन्धनका सांसद जुट्न ढिलाई भएपछि रिट भोलिमात्र, माधव पक्षका १८ सांसद बानेश्वरमा 

२०७८, जेठ ९ आइतवार

  • 1.2K
    SHARES

  • गठबन्धनका सांसद जुट्न ढिलाई भएपछि रिट भोलिमात्र, माधव पक्षका १८ सांसद बानेश्वरमा 

    काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दर्ता गर्ने भनिएको रिट आज पनि दर्ता हुन सकेन । राष्ट्रपतिको कदमलाई लिएर एकजुट देखिएका विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर संकलनमा ढिलाई भएसँगै रिट हाल्न ढिलाई भएको हो ।

    सांसदहरुको हस्ताक्षर अभियान शनिवारै शुरु गरिए पनि आज सम्म पनि संकलनहुन नसकिरहेको देखिएको छ । विशेषगरि सत्ताधारी पार्टीका सांसदहरुले आनाकानी गरे पछि समस्या देखिएको थियो । 

    हाल माधव कुमार नेपालले परिस्थिति अगाडि बढिसकेकाले 'घरको न घाटको' हुनु भन्दा सहयोग गरेर जान सांसदहरुलाई आग्रह गरेपछि एमाले (माधव पक्ष) का सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आईपुगेका छन् । 

    नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेका अनुसार १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेका छन् । बाँकी सांसदहरु आउने क्रम जारी रहेको उनले बताए ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

    रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

    देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका दावी गरिएको थियो । तर यो संख्या घटेर १८ मा झरेको अनुमान गरिएको छ । 

    रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

    बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :

    १. विरोध खतिवडा

    २. कृष्णलाल महर्जन

    ३. सरलाकुमारी यादव

    ४. झपटबहादुर रावल

    ५. माधवकुमार नेपाल

    ६. सोमप्रसाद पाण्डे

    ७. जीवनराम श्रेष्ठ

    ८. निरादेवी जैनु

    ९. घनश्याम भुसाल

    १०. कल्याणी खड्का

    ११. भीमबहादुर रावल

    १२. कलिला खातुन

    १३. लक्ष्मीकुमारी चौधरी

    १४. रामकुमारी झाँक्री

    १५. पुष्पाकुमारी कर्ण कायस्थ

    १६. झलनाथ खनाल

    १७. भवानीप्रसाद खापुङ

    १८. सुरेन्द्र पाण्डे

    २०७८, जेठ ९ आइतवार०३:३६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार