निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

२०७८, जेठ ९ आइतवार

  • 1.3K
    SHARES

  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । 

    उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ ।

    नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार  ८० जनाले खोपको दोस्रो  र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । 

    २०७८, जेठ ९ आइतवार०४:४२:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार