उत्तरी इटलीमा केबल कार दुर्घटना हुँदा आठको मृत्यु

उत्तरी इटलीमा केबल कार दुर्घटना हुँदा आठको मृत्यु

२०७८, जेठ १० सोमवार

  • 1.1K
    SHARES

  • उत्तरी इटलीमा केबल कार दुर्घटना हुँदा आठको मृत्यु

    रोम । इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।

    यस पहिले मृतक सङ्ख्या नौ भएको बताइएको थियो । “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए । 

    स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । 

    अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।

    इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्याइएको छ ।

    आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ । एजेन्सी । 

    २०७८, जेठ १० सोमवार०६:५५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार