१४६ निवर्तमान सांसदबाट रिट: संसद पुन: स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग 

१४६ निवर्तमान सांसदबाट रिट: संसद पुन: स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग 

२०७८, जेठ १० सोमवार

  • 1.6K
    SHARES

  • १४६ निवर्तमान सांसदबाट रिट: संसद पुन: स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग 

    काठमाडौँ । प्रनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।  

    कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् ।  

    शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन् ।

    रिटमा तीन माग छन्,

    १. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

    २. संसद अधिवेशनको मिति तोक्नुपर्ने

    ३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

    २०७८, जेठ १० सोमवार०३:१३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार