भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

२०७८, जेठ ११ मंगलवार

  • 1.9K
    SHARES

  • भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

    न्युयोर्क । भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुगेका छन् ।   

    अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ । 

    त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका हुन् ।  

    भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्नुहुने जनाइएको छ ।

    उनीहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

    गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उनी वासिङ्टन जाने कार्यक्रम रहेको छ ।

    उनको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ । भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।  

    त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ । -एजेन्सी । 

    २०७८, जेठ ११ मंगलवार०७:१४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार