कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा जागेश्वर गौतम

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा जागेश्वर गौतम

२०७८, जेठ ११ मंगलवार

  • 2.3K
    SHARES

  • कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा जागेश्वर गौतम

    काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।  

    यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र  आकस्मिक सेवासमेत सञ्चालन गर्ने छ । 

    युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ । 

    २०७८, जेठ ११ मंगलवार०७:२६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार