जसपासँग सौदावाजी होइन, यी तिन आधारका कारण अध्यादेशले नागरिकता प्राप्तिको गाँठो फुकायो

जसपासँग सौदावाजी होइन, यी तिन आधारका कारण अध्यादेशले नागरिकता प्राप्तिको गाँठो फुकायो

२०७८, जेठ ११ मंगलवार

  • 1.8K
    SHARES

  • जसपासँग सौदावाजी होइन, यी तिन आधारका कारण अध्यादेशले नागरिकता प्राप्तिको गाँठो फुकायो

    काठमाडौं । जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्।

    नेपाल सरकार मन्‍त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले जेठ ९ गते जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ।

    सरकारले संसद नभएका समयमा अध्यादेशबाट नागरिकता विधेयक ल्याएकाले चौतर्फि विरोध शुरु भएको हो। सरकारले जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन् भने भारतीय लगाएतका विदेशीले सहजै नागरिकता प्राप्त गर्ने भन्ने कुरा झुटा हो ।

    नागरिकता सम्बन्धमा संविधानमा राखिएको प्रावधान, हालसम्मको अभ्यास गरि मूलतः तीन आधारलाई टेकेर विधेयक जारी गरिएको हो । 

    पहिलो, नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था थियो। तर ऐन बन्‍न नसक्दा यो कार्यान्वयन हुन सकेको थिएन। संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार बढी निवेदन गृहमन्‍त्रालयमा थन्किएका छन्।

    दोस्रो, नागरिकता सम्बन्धी विधेयक लामो समयदेखि संसद्‍मा अल्झिएको थियो। सर्वोच्च अदालतले समेत संविधानको यो व्यवस्थालाई ऐन बनाएर कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको थियो।

    तेस्रो, यो विधेयक तत्काल संसद्‌बाट पारित हुने अवस्था नभएपछि अध्यादेश ल्याएर सरकारले नागरिकता प्राप्तिको कानुनी जटिलता फुकाएको हो। यसअघि अन्तरिम संविधान २०६३ जारी हुनुअघिको मितिसम्म कायम रहेका जन्मसिद्धका सन्तानलाई पनि वंशजको नागरिकता दिइएको थियो ।

    २०७८, जेठ ११ मंगलवार०८:०४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार