एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

२०७८, जेठ ११ मंगलवार

  • 1.8K
    SHARES

  • एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।

    त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिने एनआरएन सचिवालयले जनाएको छ । 

    २०७८, जेठ ११ मंगलवार०२:४८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार