काठमाडौं । आइतबार र सोमबार लगातार उकालो लागेको सेयर बजारमा आज भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ ।
‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार थोरैले सुस्तायो ।
मंगलबार १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।
आज कमाउनेमा जलविद्युत कम्पनि थिए भने गुमाउनेमा फाइनान्स लगाएतको मिश्रित देखियो । बरुण हाइड्रो सर्वाधिक कमाउनेमा थियो भने मल्टिपर्पोज कम्पनि गुमाउनेमा थियो ।