काठमाडौं । काठमाडौं उपत्यकामा एकहप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले एकहप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका साथै तरकारी पसल पनि एक हप्ताका लागि पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।
प्रजिअ पराजुलीले भने, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”
अबको एकहप्तासम्मका लागि उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न तरकारी पुग्ने गरी किनेर राख्न सबैमा अपिल पनि गरेको छ ।