काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६९ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।