निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने

निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने

२०७८, जेठ १३ बिहिवार

  • 1.5K
    SHARES

  • निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने

    काठमाडौँ । सरकारले नेपाल पूर्वाधार विकास बैंक ९निफ्रा० लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए । 

    नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीले पनि अनुमति मागेकोमा दिइएको छैन । 

    तर सहसचिव भेटवालले दुवैलाई एकै प्रक्रियाबाट अनुमति दिइने बताए । उनले भने, जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ, त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ । ” सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए ।   

    ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् ।  सो कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेन्जको १५ प्रतिशत सेयर छ ।

    कम्पनीले तमोर बेसिनको पाँच सय मेगावाट बिजुली निर्यातका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ । बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइनको निर्माण वा अन्य कुनै संयन्त्रको प्रयोगलाई कम्पनीले जोड दिएको छ ।

    २०७८, जेठ १३ बिहिवार०८:२२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार