काठमाडौं ।
बिहान उठ्यो
फेसबुक खोल्यो
गुड मर्निग, ह्याप्पी बर्डे, म्यारिज अनभर्सरी लेख्यो
औला सार्दै गयो,
२-४ वटा फोटो हेर्यो
मन कुडिएर आऊछ
च्व च्व ! बिचरा ! भन्दै,
के बालक ! के युवा ! के बृध्द !
भकाभक भगवान प्यारा भएको हेर्यो,
पापी, निर्दयी कोरोना भन्दै,
दिनदिनै
अश्रु धारा सहित समवेदना कोर्यो,
गर्हौ मन बनायो,
यसरी चल्दैछ
फेसबुक र जीवन चर्या ।
*************
मोवाइलले स्टाइलिस सेल्फी खिच्यो,
इडिट गर्यो,
आफु भन्दा राम्रो बनायो,
यो फोटो हालौ कि ? त्यो फोटो हालौ गर्यो,
आssss आज त हाल्दै हाल्दिन भन्यो !
फेरी, फोटो ग्यालरीमा गयो
फोटो हेर्दै
यो फोटो हालौ कि ? ऊ फोटो हालौ गर्यो,
ल ! जे पर्ला पर्ला ?
यो फोटो चाही हाल्नु पर्ला !
हाल्यो !
लाइक डिसलाईक हेर्यो,
यसरी चल्दैछ
फेसबुक र जीवन चर्या ।
*************
लकडाउन र निशेधाज्ञामा त हो नि
घरभित्रै बस्यो,
देश देशावरबाट,
बिद्युतीय तरंगबाट,
पपजी, फ्रिफायर, फट नाइट खेल्यो,
एक्लै कोठामा चिच्यायो
दोहोरी, सिरियल हेर्यो
युट्युब-टिभी हेर्यो
महाभारत-रामायण-फिल्म हेर्यो
टिकटक हेर्यो,
रमायो - संगसंगै गायो - नाच्यो,
अभिनय गर्यो,
आफैलाई नायक नायिका ठान्यो,
म पनि त्यो भन्दा राम्रो बनाउछु भन्दै,
टिकटक बनायो,
पोष्ट गर्यो,
कमेन्ट हेर्यो,
लाइक डिसलाईक हेर्यो,
कत्ती भ्युज भो हेर्यो,
यस्तै छ यसरी नै चलेकोछ,
फेसबुक र मेरो जीवन चर्या ।
(-रचनाकार पन्त समसामयिक साहित्यमा कलम चलाउन रुचाउँछन् ।)