काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १०६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित हुँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी ६,९३९ नयाँ संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।