इलाममा पहिलो पटक पाटेबाघ फेला

इलाममा पहिलो पटक पाटेबाघ फेला

२०७७, मंसिर २८ आइतवार

  • 1.7K
    SHARES

  • इलाममा पहिलो पटक पाटेबाघ फेला

    मंसिर २८, इलाम । 

    इलाममा लोपोन्मुख पाटेबाघ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन । 

    कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।

    चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या २३५ छ । 

    २०७७, मंसिर २८ आइतवार०७:०९:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार