कोरोनाका कारण बानका अध्यक्ष न्यौपानेको निधन

कोरोनाका कारण बानका अध्यक्ष न्यौपानेको निधन

२०७८, जेठ १४ शुक्रवार

  • 1.2K
    SHARES

  • कोरोनाका कारण बानका अध्यक्ष न्यौपानेको निधन

    इटहरी । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो । 

    न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए ।

    न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत थिए । कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएको थियो ।

    अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

    २०७८, जेठ १४ शुक्रवार११:३६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार