बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

२०७७, मंसिर १४ आइतवार

  • 2.2K
    SHARES

  • बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

    सप्तरी । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ । 

    बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

    पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए । कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उनले जानकारी दिए । 

    वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।”

    २०७७, मंसिर १४ आइतवार०७:०८:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार