प्रभावशाली देशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै

प्रभावशाली देशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै

२०७८, जेठ १५ शनिवार

  • 1.6K
    SHARES

  • प्रभावशाली देशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै

    मस्को । प्रमुख चार प्रभावशाली मुलुकका नेताहरुबीच अनलाइन सम्मेलन हुने भएको छ ।

    सम्मेलनमा जर्मनीकी चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने भएका हुन् । 

    दक्षिण कोरियाले आयोजना गर्न लागेको सम्मेलन वातावरणका विषयमा केन्द्रीत हुने अधिकारीले जनाएका छन् ।

    दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीहरुले कोरोना महामारीका कारण सम्मेलन अनलाइन मार्फत गर्नु परेको शुक्रबार जानकारी दिएका छन् ।  

    हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) सोल सम्मेलनको सञ्चालन दक्षिण कोरियाका राष्ट्रपति मुनले गर्ने कार्यक्रम तालिका बनाइएको छ । 

    सम्मेलन यही आइतबार र सोमबार हुने तय भएको छ । सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ । ती मध्ये केही अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायका अधिकारीहरु पनि रहने छन् । 

    सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङ भने सहभागी नहुनुहुने भएको अधिकारीहरुले बताएका छन् ।

    वासिङ्टन र बेइजिङ्को तर्फबाट भने राष्ट्रपतिका जलवायु तथा वातावरण सम्वन्धी प्रतिनिधिहरु सहभागी हुने तय भएको छ ।   

    हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता ९पि फोर जी० विश्वभरी वातावरण तथा अर्थमैत्री दिगो बृद्धिका लागि सहयोग गर्ने उद्धेश्यले बनाइएको अन्तर्राष्ट्रिय मंच हो । यसको पहिलो सम्मेलन गत सन् २०१८ मा डेनमार्कमा भएको थियो । -एजेन्सी

     

    २०७८, जेठ १५ शनिवार०७:१२:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार