गैंडाको आक्रमबाट चितवनमा एक महिलाको मृत्यु

गैंडाको आक्रमबाट चितवनमा एक महिलाको मृत्यु

२०७८, जेठ १५ शनिवार

  • 2.3K
    SHARES

  • गैंडाको आक्रमबाट चितवनमा एक महिलाको मृत्यु

    चितवन । गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार स्थानीय चतुर्मुखी सामुदायिक वनमा घास तथा न्यूरो खोज्न जाने क्रममा उनीलाई गैंडाले आज दिउँसो आक्रमण गरेको थियो ।

    गैंडाको आक्रमणबाट घाइते सुनारको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

    २०७८, जेठ १५ शनिवार०५:१५:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार