काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबका मासिक २ हजार रुपैयाँले वृृद्धि गरेको छ ।
कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको जनाइएको छ ।