काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ भने ४,३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
१० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३,७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।