काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट दुईको मृत्यु

काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट दुईको मृत्यु

२०७७, मंसिर २८ आइतवार

  • 2.2K
    SHARES

  • काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट दुईको मृत्यु

    मंसिर २८, काठमाडौं ।

     अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।  

    राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो ।

    यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताएको छ । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो । 

    आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहनु भएको थिएन ।

    यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।  गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ । - एजेन्सी

    २०७७, मंसिर २८ आइतवार०१:५८:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार