थपियो मोरङमा निषेधाज्ञा, जेठ २४ गतेसम्म पुर्याईयो 

थपियो मोरङमा निषेधाज्ञा, जेठ २४ गतेसम्म पुर्याईयो 

२०७८, जेठ १७ सोमवार

  • 2.2K
    SHARES

  • थपियो मोरङमा निषेधाज्ञा, जेठ २४ गतेसम्म पुर्याईयो 

    बिराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौँ सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । 

    २०७८, जेठ १७ सोमवार०१:२७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार