पत्रकार ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

पत्रकार ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

२०७८, जेठ १८ मंगलवार

  • 1.8K
    SHARES

  • पत्रकार ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

    मध्यपुरथिमि । भक्तपुरका कोरोना सङ्क्रमित दुई पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले थप आर्थिक सहयोग गरेको छ ।

    शाखाका सहसचिव पत्रकार हेमराज ढकाल र ‘समय समाज’ साप्ताहिकमा आवद्ध राजुराम मुनकर्मीलाई थप आर्थिक सहयोग प्रदान गरिएको शाखाका अध्यक्ष जगत कृष्ण प्रजापतिले बताए ।

    महासङ्घको केन्द्रीय पत्रकार कल्याण कोषबाट ढकाललाई रु १५ हजार र मुनकर्मीलाई रु २० हजार आर्थिक सहयोग उनीहरुकै घरमा गएर प्रदान गरिएको अध्यक्ष प्रजापतिले जानकारी दिए । 

    ढकाललाई यसअघि शाखाबाट पाँच हजार, उपत्यका प्रदेशको कोभिड १९ रातह कोषबाट रु १० हजार तथा पत्रकार निशा ओलीको तर्फबाट रु पाँच हजार गरी कूल रु २० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।

    त्यस्तै मुनकर्मीलाई रु १५ हजार प्रदान गरिएको थियो । पत्रकार ढकाल र मुनकर्मीको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

    २०७८, जेठ १८ मंगलवार०८:००:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार