नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा

नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा

२०७८, जेठ १९ बुधवार

  • 1.0K
    SHARES

  • नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा

    आम्स्र्टडम । नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ ।

    भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो ।

    तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ ।

    युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ । -एजेन्सी । 

    २०७८, जेठ १९ बुधवार०८:३८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार