बौद्धनाथ क्षेत्र विकास समिति र कुनीना नेपालको  सहकार्यमा राहत वितरण

बौद्धनाथ क्षेत्र विकास समिति र कुनीना नेपालको  सहकार्यमा राहत वितरण

२०७८, जेठ १९ बुधवार

  • 2.7K
    SHARES

  • बौद्धनाथ क्षेत्र विकास समिति र कुनीना नेपालको  सहकार्यमा राहत वितरण

    काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समिति र कुनीना नेपालको  सहकार्यमा घरघरमा गएर राहत वितरण कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नं ६ स्थित विभिन्न ६ नगरहरू सरस्वती नगर, शान्ति नगर, सूर्य नगर, सिद्दी नगर, बज्र नगर, स्वच्छ नगर क्षेत्रहरुमा राहत वितरण गरिएको हो।

    बौद्ध नाथ क्षेत्र विकास समिति र कुनीना नेपालले दाल चामल नुन तेल र गहुँको पिठो सहितका खाद्यान्न वितरण गरेको क्षेत्र विकास समितिका कार्यकारी प्रमुख वसन्त लामाले बताएका छन् ।

    लामाले कोरोना प्रकोप  रोकथाम गर्न  सरकारले देशमा लगाएको निषेधाज्ञाका कारण मारमा परेका विपन्न वर्गलाई सहयोगका लागि राहत वितरण गरिएको जानकारी दिएका छन ।

    help 1.jpg

    सो अवसरमा कुनीना नेपालका केन्द्रीय महासचिव जाम्लिङ शेर्पा,बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा समितिका सदस्य मजिन्द्र सिंह लामा लगायतले घरघरमा गएर आफैले खाद्यान्न राहत वितरण गरिएको थियो।

    खाद्यान्न झन्डै १०० जना भन्दा बढी घरपरिवारलाई वितरण गरिएको बताउदै कुनीना नेपालका महासचिव जाम्लिङ शेर्पाले राहत वितरण कार्य अझै तिब्र गतिमा अगाडी लैजाने बताएका छन्।

    २०७८, जेठ १९ बुधवार१२:०६:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार