चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

२०७८, जेठ १९ बुधवार

  • 2.2K
    SHARES

  • चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

    जेनेभा । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

    सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइएको छ ।

    विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ ।

    सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ ।

    साथै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ ।

    अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ । -एजेन्सी

    २०७८, जेठ १९ बुधवार०५:२९:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार