चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

२०७८, जेठ २० बिहिवार

  • 1.1K
    SHARES

  • चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

    इस्लामावाद । चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ । 

    चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु-याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । 

    मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिनु भएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन् ।

    चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताएका छन् ।

    कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उनले बताउका छन् । हाल जारी महामारी नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिएका छन् ।

    यस वर्षको शुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु-याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो । चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेबे्रअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थियो । -एजेन्सी

    २०७८, जेठ २० बिहिवार०७:१९:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार