चुरोट पिउनेलाई कोरोनोको बढी असर

चुरोट पिउनेलाई कोरोनोको बढी असर

२०७८, जेठ २० बिहिवार

  • 1.8K
    SHARES

  • चुरोट पिउनेलाई कोरोनोको बढी असर

    काठमाडौँ । कोरोना भाइरसले जुनसुकै उमेर समूहका मानिसलाई असर गर्छ। तर चुरोटलगायत कुनै पनि धूमपान गर्ने व्यक्तिलाई यसले संक्रमणको अवस्थामा थप जटिल बनाउने चिकित्सकले बताएका छन्।

    गत सोमबार विश्व धूम्नपान दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनद्वारा आयोजित भर्चुअल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्।

    सिभिल अस्पतालका श्वास–प्रश्वास तथा छातीरोग विशेषज्ञ डा.विदेश विष्टले कोरोना संक्रमणले सबैभन्दा बढी चुरोट सेवनकर्तालाई असर गर्ने बताएका थिए । 

    उनका अनुसार चुरोट सेवन गर्नेहरूमा चुरोटमा भएको निकोटिन, धुँवा र क्यान्सरजन्य तत्व, फोक्सोको भित्तामा फाइब्रोसिस (घाउ) निकोटिनका कणहरू जमेर बसेका हुन्छन्। जुन तत्वले फोक्सोलाई तनाव बनाई कमजोर बनाइसकेको हुन्छ र स्वस्थ फोक्सो नष्ट भइसकेको हुन्छ। आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् । 

    यस्तो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा बाहिरको भाइरसलाई फोक्सोले प्रतिरोध गर्न नसकी भाइरसले बाँकी स्वस्थ फोक्सोको भाग पनि सजिलै नष्ट गर्न सक्छ। ‘चुरोट सेवन नगरेका व्यक्तिको तुलनामा गरेकाहरूमा कोरोनाले बढी असर गर्ने सम्भावना हुन्छ,’ डा विष्टले भने । 

    उपचारमा आएका कोरोना संक्रमितमध्ये बढी मात्रामा दमका बिरामी छिटो सिकिस्त हुने र छिटो मृत्यु हुने गरेको पाइएको टिचिङ अस्पताल महाराजगंजका श्वास–प्रश्वास तथा छातिरोग विशेषज्ञ डा.निरज बम बताउँछन् । 

    उनका अनुसार नेपालमा दम हुनुको कारण सबैजसो दमरोगीले धूमपान गरेको पाइन्छ। चुरोट सेवनको कारण उनीहरूको श्वास–प्रश्वास नलीमा दाग हुने, सुन्निने र कमजोर हुन्छ। यसका साथै यस्ता बिरामीको फोक्सो पनि पहिले नै कमजोर भइसकेको हुन्छ। यस्ता व्यक्तिमा कोभिड संक्रमण भएमा लक्षण छिटो देखिने र निमोनिया भएमा निको हुन पनि गाह्रो हुन्छ।

    २०७८, जेठ २० बिहिवार०८:१८:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार