नेप्से परिसूचक र कारोबार हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको किनबेच

नेप्से परिसूचक र कारोबार हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको किनबेच

२०७८, जेठ २० बिहिवार

  • 1.3K
    SHARES

  • नेप्से परिसूचक र कारोबार हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको किनबेच

    काठमाडौं । विहिवार नेप्सेले पुनः ऐतिहासिक रेकर्ड बनाएको छ ।

    साताको अन्तिम कारोबार दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

    आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

    आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    आज फाईनान्स र बैंकिंग क्षेत्रमा उल्लेख्य बृद्धि भयो भने अधिकांश हाइड्रोपार कम्पनिहरु गुमाउनेमा रहे । 

    २०७८, जेठ २० बिहिवार०३:३६:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार