काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ छ भने मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको मन्त्रालयले जनाएको छ ।