बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने 

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने 

२०७८, जेठ २१ शुक्रवार

  • 1.1K
    SHARES

  • बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने 

    लण्डन । अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ । 

    उहाँहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । 

    बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।” 

    अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उहाँले बेलायती महारानीलाई भेट्नुहुने भएको हो ।   

    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।   

    विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।

    सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।- एजेन्सी । 

     

    २०७८, जेठ २१ शुक्रवार०७:००:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार