ताप्लेजुङ । मझौला स्तरका विमान अवतरण गराउने उद्धेश्यले सुकेटार विमानस्थल विस्तार हुने भएको छ ।
ताप्लेजुङ जिल्ला प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल सरकार नागरिक उडड्यन प्राधिकरण मार्फत सुकेटार विमान स्थल जग्गा अधिग्रहणको लागी रु पाँच करोड रकम विनियोजन भएको छ ।
हाल सुकेटारमा साना मात्र विमान बस्दै आएकामा जग्गा अघिग्रहण पश्चात मझौला ४२ सिटे क्षमताका जहाज उडान अवतरण गर्ने गरि प्रक्रिया अगाडि बढाईएको हो ।
तत्काल ८ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको क्षेत्रफल बढाउन खोजिएको हो, भट्टराईका स्वकिय सचिव प्रेम गुरागाईँले बताएका छन् । बाहिरी घेराका लागि थप २४ रोपनीका लागि पनि पहल बढाईएको छ, गुरागाईँले भनेका छन् ।